टाइगर कप भलिबल: एपिएफले पुलिसलाई हरायो
पाेखरा | माघ १, २०८०
तस्बिर फाइल
पोखरा: नेपाल एपिएफ क्लबले चौथो टाइगर कप भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।
समूह बी को खेलमा एपिएफले पुलिसलाई पराजित गर्दै गत साता ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा भोगेको हारको बदला पनि लिएको छ । खेलको पहिलो सेट एपिएफले २५–१९ को अन्तरले जितेको थियो ।
दोस्रो सेटमा पुलिसले पुनरागमन गर्दै खेल बराबरी गर्ने संकेत देखाएको थियो । तर २४–२० को अग्रतामा रहेपनि पुलिसले अग्रता सदुपयोग गर्न नसक्दा ३३–३१ को अन्तरमा दोस्रो सेट एपिएफको पक्षमा गयो । एपिएफले तेस्रो सेट २५–१७ ले जित्दै प्रतियोगितामा पूरा ३ जोड्दै सुरुवात गर्यो ।
पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह बी मा छन् । आज हुने अन्तिम खेलमा समूह ए मा आर्मी र गण्डकी खेल्नेछन् ।
त्यसअघि पोखरा रंगशालामा भएको महिलातर्फ समूह ए को पहिलो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पाँचौ सेटमा पराजित गरेको थियो । यस्तै न्यु डायमण्ड स्पोर्टस् क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।
महिलातर्फ समूह एमा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश तथा समूह बी मा त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र भारतीय हरियाणा टिम छन् ।
समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । लिग कम नकआउट र सेमिफाइनलमा हरेक दिन ४४ खेल हुनेछन् । तेस्रो स्थान र फाइनलको दिन भने २–२ खेल हुनेछ ।
महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

